नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

चित्र र कविता:

अर्धसत्यमा पीडा


चित्र: पाब्लो पिकासो



मोमिला

हरेक साँझ
उज्यालो मबाट गुज्रिन्छ
तर मसँग उज्यालो रहन्न
……………………
हरेक बिहान
एउटा आशा
नबल्दै मेरो आँखामा निभ्छ
यसैले कि-
अक्सर मेरो आँखा
दह जमेको हुन्छ

हरेक साँझ
भीडले मलाई लुगा पहिराइदिन्छ
तर, म-
मभित्र रहन्नं
……………………
हरेक बिहान
सागरले मलाई नुहाइदिन्छ
तर एक बूँद पनि मेरो रहन्न

रङ्गहरू
मेरो अँध्यारोमा पोखिन्छन्
कुनै चित्र बन्दैन
रङ्गहरू
मसँगै निरर्थक अँध्यारिन्छन्
परिचित आफ्नो केही रहन्न

पराई उज्यालोमा
मात्र-
एउटा श्रापित ढुङ्गा
एउटा घाइते अहल्या
एउटा चोइटिएको छाँया
यसै कतै ढलेको हुन्छु

यतिखेर
अर्धसत्यहरूको पहाडमा ????
म, सम्पूर्णताको प्रश्न-
यसै अडेसा लागेको हुन्छु







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :