नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


डा. राजुबाबु श्रेष्ठ

पेमा भाउजू

झमक्क साँझ परिसकेको थियो । बाहिर हिउँ परेकोले अगेनाको तातोमा ह्याकुलो सेकाउँदै छितेनले फापरको रोटी र सिमीको झोलले आफ्नो भोक मार्‍यो । दिनभर खर्कमा भेँडा चराएर आएको हुँदा उसलाई आगो तापेर गफ गर्न मन लागेन र भित्ताको किल्लामा झुण्ड्याइराखेको बख्खु झिकी आफू सुत्ने खोपीतिर लाग्यो । दियालोको मधुरो उज्यालोमा काठको फल्याक ठोकेर बनाएको आफू सुत्ने ठाउँमा बिछ्याएको राडीको फोहोर टक्टक्याइ सुत्ने तरखरमा लाग्यो ।
जाडोको कारण उसले बख्खुभित्र आफूलाई छिराएर घुँडा, कुहिना र मुख एकै ठाउँमा पोको पारी बिछ्यौनामा पल्ट्यो । उसले फेरेको सासको तातो विस्तारै बख्खुभित्र फैलिदैं गयो । उसलाई न्यानोपनको अनुभव हुँदै गयो । थकाईको कारण कतिखेर निद्रा लाग्यो पत्तै भएन ।
मस्त निद्रामा परेको छितेनलाई जब चिसो हातहरू उसको अङ्ग–प्रत्यङ्गमा सलबलाएको महसुस भयो तब उसको निद्रा खुलेजस्तो भयो । उसलाई कताकता काउकुति लाग्यो र कताकता आनन्दको अनुभूति पनि भयो । उसको अङ्गअङ्गमा रगत सल्वलायो । ऊ पूर्णतः निद्राबाट मुक्त भयो । तर आफ्नो बख्खुभित्र छिरेर भाउजूले आफूलाई अँगालो हाली भएभरको सीपले क्रियात्मक निमन्त्रण गरिरहेको पाएपछि ऊ खङग्रङ्ग भयो । एकाएक उसको उत्तेजना शिथिल भयो । उसले तुरुन्तै भाउजूलाई प्रतिकार गरी त्यहाँबाट हटाउन पनि सकेन । बख्खु बिस्तारै हटाउँदै दियालोको धिपधिपेमा भाउजूको क्रियालाई नियाल्यो । भाउजू उसको शरीरमा आफ्नो शरीर टाँसेर उसलाई उत्तेजित तुल्याउँदै थिइन् ।
भाउजूको उत्तेजित क्रिया झन् तीब्र हुँदै गयो । त्यतिबेला भाउजूको श्वासको गति अस्वाभाविक रूपमा बढेको र शरीरको चाल र घर्षण विशेष आग्रहपूर्ण रहेको सहजै अनुभव भयो उसलाई । एकैछिन भाउजूको यस कार्यप्रति उसलाई रीस उठ्यो र त्यतिकै ग्लानिबोध पनि भयो । तर सानैमा आमाबाबु मरेको र तिनै भाउजूले एकदमै स्नेहपूर्वक आफूलाई हुर्काएकी हुनाले उसले भाउजूप्रति रीस पोख्न पनि सकेन । भाउजूको क्रियाकलापलाई सहजरूपमा स्वीकार्न पनि सकेन । भाउजूको आग्रह नमान्दा भाउजू रिसाउँछिन् कि भन्ने डरले पनि त्यत्तिकै सतायो । तर जे जस्तो अवस्थामा पनि भाउजूसँगको सहवासलाई उसको आत्माले ग्रहण गर्न सकेन र ऊ आफ्नो बख्खु तानेर भाउजूको खुट्टातिर धुम्धुम्ती बसिरह्यो ।
छितेन बख्खुसहित छुट्टिएपछि चिसोले गर्दा पेमाका सबै अवयवहरू सामान्य अवस्थामा फर्कियो । जवान देवरलाई यति धेरै माया गर्दा पनि उसले आफूप्रति चासो नदेखाएकोले उनको मनमा चिसो पस्यो । उनलाई घरमा विग्रह होला, दाजुभाइबीच बेमेल होला भन्ने भयले छोयो । बिस्तारै उठेर छितेनको नजिकै गई छितेनलाई अँगालोमा बाँधी पुनः सुत्न आग्रह गरिन् ।
“आइज कान्छा सुत्न, अब तँ पनि जवान भइस् खर्कतिर जाँदा केटीहरूसँग हिँड्ने होइन, साहिँलालाई पनि मैले तेरै उमेरबाट सुताउन थालेको हो, अब तँ पनि यताउता मन नडुला”–छितेनलाई सम्झाउने प्रयास गरिन् पेमाले ।
भाउजूको आग्रहले छितेनलाई झनै मर्माहत बनायो । भाउजूको कुरामा उसले मायाभन्दा पनि बढी जिम्मेवारी र कर्तव्य देख्यो । ऊ नाजवाफ बस्यो केहीबेर । भाउजू घरका विविध कुराहरू गरी उसलाई संझाउने कोसिसमा लागिन् । भाउजूले आज जसरी पनि नसुताई छाड्दैन भन्ने लागेपछि उसले बिरामीको वहाना बनाई भाउजूलाई बल्लतल्ल आफ्नो खोपीबाट बाहिर पठायो । भाउजू खोपीबाट निस्केपछि उसले लामो श्वास फेर्‍यो र राहतको अनुभव गर्‍यो ।
भाउजू खोपीबाट निस्केपछि निकैबेर उसले त्यो घटनालाई बिर्सने प्रयास गर्‍यो तर सकेन । बख्खुले अनुहार सबै छोपेर सुत्ने कोसिस गर्‍यो तर निद्रा उसको छेवै पर्न सकेन । उसको मनमा अनेकौँ तर्क–वितर्कहरूले डेरा जमायो । उसको मन स्थिर रहनै सकेन । बख्खुबाट टाउको मात्रै देखाएर खोपीको प्वालबाट उसले बाहिर चिहायो । उसको घर सबभन्दा माथिल्लो थुम्कामा भएकोले उसको घरबाट छुनुप गाउँका अधिकांश घरहरू देखिन्थ्यो । पूर्णिमा नजिकै आउन लागेकोले जूनको प्रकाशमा छुनुप गाउँ अत्यन्तै सुन्दर देखिएको थियो । गाउँ पूरै हिउँले ढाकिएकोले घरको छाना, बारी, कान्ला सबैतिर सेताम्मे देखिन्थ्यो । यस्तो लाग्थ्यो सेतो तन्ना ओढेर गाउँ मस्त निद्रामा सुतेको छ ।
ढुङ्गाको गार्रो र काठको फलेक खप्ट्याएर हालिएको पाखे छानो भएका गाउँका सबै घरहरूमा एकएक गरी आँखा दौडायो । प्वालबाट छिरेको बाहिरको चिसोले छितेनको अनुहारलाई पटकपटक छोएर जान्थ्यो तर जूनको त्यो उज्यालोमा देखिएको गाउँको त्यो सुन्दरताले उसलाई जाडो पनि बिर्साएको थियो । मध्यरातमा गाउँको घरहरूलाई यसरी पहिलोपल्ट निहालिरहेको थियो ऊ । उसले आफ्नो २० वर्षको उमेरमा आफ्नो गाउँलाई यति धेरै सुन्दर रूपमा कहिल्यै अनुभव गर्न पाएको थिएन । वास्तवमा छितेनलाई यो गाउँप्रति निकै मोह छ किनकि आजसम्म गाउँ छाडेर कतै बाहिर गएको छैन । उसले भेँडा चराउने कामभन्दा अरू न गर्‍यो न जान्यो ।
“व्यर्थै भाउजूको मन दुखाएँ मैले आज”– उसले मनमनै सोच्यो र फेरि ऊ भाउजूप्रति नरम बन्यो । “हुन त भाउजूले पनि त्यस्तो के गल्ती गर्‍यो र ! हाम्रा तीन भाइ बाहरू पनि एउटै आमासँग बसेका त हुन् । फेरि गाउँमा कसले पो राखेका छैनन् र भाउजूलाई । सबै दाजुभाइले छुट्टाछुट्टै केटीसँग विहे गर्‍यो भने घर मिल्दैन भाइभाइबीच झगडा हुन्छ, फेरि पुर्खाको सम्पत्ति बाँड्दा बाँड्दा एकदिन सकिन्छ भनेर नै भाउजू मसँग सुत्न आएकी त हुन् । नत्र ठूला दाजु र साहिँला घरमा हुँदाहुँदै मेरो खोपीमा किन आउनु पथ्र्यो र उनलाई । भाउजू नभएको भए हाम्रो घर लथालिङ्ग भइसक्थ्यो उनैले त दाजुभाइलाई मिलाएर राखेकी छन् । सबैलाई काम बाँडेकी छन्, घरमा कहिल्यै झगडा हुन दिन्नन्, घरको मूलीको दायित्व निभाएकी छन्, नत्र ठूलो दाजु र साहिँलोको उहिल्यै झगडा भइसक्थ्यो ।”–उसले भाउजूको घरमा आगमनका दिनहरू सम्झ्यो । भाउजूले निभाएको घरको जिम्मेवारीलाई सम्झेर नतमस्तक बन्यो र उसको मनले भाउजूलाई गलत ठहर्‍याउनै सकेन ।
ऊ भाउजूलाई निकै माया गर्छ, आदर गर्छ, सम्मान गर्छ तर पनि भाउजूको प्रस्तावलाई सहजरूपमा ग्रहण गर्न सकिरहेको छैन । भाउजूलाई आफ्नो श्रीमतीको रूपमा स्वीकार्न ऊ कुनै हालतमा पनि तयार हुँदैन । भाउजूप्रतिको दायित्व आफ्नो ठाउँमा छ तर आफूले देखेदेखि नै एउटी बूढी आइमाईको रूपमा देखेको भाउजूलाई कुन हिसाबले श्रीमतीको ठाउँमा राख्ने रु ऊभित्र एउटा जटिल प्रश्न खडा हुन्छ । आफूभन्दा बीस वर्ष जेठी भाउजूसँग कसरी जीवन बिताउने रु सम्झदै पनि कहाली लागेर आउँछ उसलाई । उसले आफ्नो भविष्य अन्धकारसिवाय केही देख्दैन ।
“उसलाई त्यति नै खेर ङिमालाई बिहे गरी गाउँ छाडेर हिँडुजस्तो लाग्यो । “फेरि जाने पनि कहाँ रु जीवनमा जोमसोमसम्म पनि एकपल्ट पुगेको छैन । काठमाडौँ त कहाँ हो कहाँ रु एकपैसा छैन गोजीमा, भेँडा चराउनभन्दा अर्को इलम केही जानेको छैन, बुद्धि पुगेन, पढ्नभन्दा खर्कमा भेँडा चराउनै रमाइलो भयो, अब अहिले पछुताएर के गर्नु रु यसरी परिवारको अनुमतिबिना घर छोडेर आफूखुसी हिँड्दा भोकै परेर गाउँ फर्किनु पर्‍यो भने त लाजै मर्नु हुन्छ !”–उसको मन एकदमै कमजोर भएर आयो ।
आफूप्रति आफै लाचार बन्यो ।
“बरु माइलालाई क्या आनन्द छ, बिहे गर्नु पनि परेन, लामा भयो– खायो । बिहे गर्न नपाउने भएपछि यो श्रीमती खोज्ने झन्झट पनि नहुने, बूढी भाउजूसँग सुत्नु पनि नपर्ने ।”–उसलाई भाउजूप्रतिको आदर सम्मानभन्दा पनि ऊसँग आफूले बिताउनु पर्ने क्षण सम्झेर झनै वितृष्णा जाग्यो ।
मनमा अनेक तर्कना खेलाउँदै अँध्यारैमा थैलामा पीठो हालेर खर्कतिर झर्‍यो । सधैँ बिहानको घाम झुल्केपछि खर्कतिर लाग्ने छितेन आज मिर्मिरे हुनुअगावै गाउँबाट निस्क्यो । बाटाभरि भाउजूले आफूप्रति देखाएको हक, जिम्मेवारी र ङिमाले आफूलाई गरेको चोखो मायाको बीचमा अन्तद्र्वन्द्व चलिरह्यो उसको मनमा । सखारै ऊ खर्क पुग्यो ।
छितेनलाई देख्नासाथै जिमी र डुन्डु दौडेर नजिकै आई छितेनको खुट्टामा लुटपुटियो । भेँडीगोठदेखि तलको ठूलो ढुङ्गामा आफूले ल्याएको पीठो मुछेर दुईपट्टि राखिदियो । दुवै कुकुरहरू मजाले पिठो खान थाले । वास्तवमा यिनै दुई कुकुरहरूको कारण उसको र ङिमाका सबै भेँडाहरू गोठमा सुरक्षित रहने गर्दथ्यो । ऊ ढुङ्गामा बसेर कुकुरले पिठो खाएको हेरेर टोलाइरह्यो । खर्कको गह्राहरूमा अभैm पातलो हिउँ छँदै थियो । घाम लागेपछि हिउँहरू पग्लेर घाँस देखिन थालेपछि मात्र गोठबाट भेँडा निकाल्ने क्रम सुरु हुन्थ्यो । भेँडाको रेखदेख सबै कुकुरले गर्ने हुनाले त्यही ठूलो ढुङ्गामा बसेर दिनभर ङिमासँग ठट्टा मजाक गर्नु नै उसको दिनचर्या हुन्थ्यो ।
ढुङ्गामाथि बसेर ङिमासँग बिताएका मीठामीठा क्षणहरूको सम्झनाले ऊ एकैछिन रोमाञ्चित भयो । खर्कदेखि माथि पाखामा फुलेको राताम्मे लालीगुराँसका बोटहरू देखेर उसको मन प्रफुल्ल भयो । यिनै लालीगुराँसका फूलहरू टिपेर धेरैपटक उसले ङिमाको चुल्ठोमा लगाई दिएको छ र ङिमालाई नजिकबाट हेरेको छ । त्यसै त राम्री ङिमा लालीगुराँस सिउँरिदा झन् कति राम्री ! फेरि कति कञ्चन छ यही हिउँजस्तै । कुनै कपट छैन, हाँस्दा उन्मुक्त हाँस्छे, बोल्दा मीठो बोल्छे, तर भाउजू।।।रु जिम्मेवारीले थिचिएकी एउटी बूढी, सधँै घरको कामकाजले हाँस्न पनि फुर्सद नपाएकी ख्याउटी, कुनै रस छैन जीवनमा, कुनै आकर्षण छैन अनुहारमा, सधँै वरिपरि छोराछोरी बोकेर बस्छिन्, छि ! कसरी सँगै सुत्नु रु के जनावर हुँ र म, जोसँग भेट्यो त्यहीसँग सुत्ने रु उसले मनमनै ङिमा र भाउजूको तुलना गर्‍यो ।
ङिमाप्रतिको आकर्षणले भाउजूप्रति उसको दूरी झन् बढ्दै गयो ।
“छितेन तँ मलाई पाल्न सक्छस् रु मसँग बिहे गरेपछि त तैले घरबाट ढोंग्वा! पनि पाउँदैन, घरको केही नपाएपछि के गरी खान्छस् रु भेँडा चराउनुबाहेक केही काम जान्या छैन । बिहे गरेपछि गाला चाटेरमात्रै आघाइदैन क्यारे ।” ङिमाले छितेनसँग अक्सर यस्ता प्रश्नहरू बारम्बार गरिरहन्थी । यसबाट छितेनलाई कहिलेकाहीँ आत्मग्लानि पनि हुन्थ्यो । उसलाई यतिमात्र थाहा थियो कि ऊ ङिमालाई मनपराउँछ र ङिमासँगै विवाह गर्न चाहन्छ । तर ङिमाको प्रश्नको उत्तर भने ऊसँग छैन ।
“छितेन तैले अभैmसम्म गोठबाट भेँडा छाडेको छैन रु के हेरेर बसेको रु”
पछाडिबाट आएको ङिमाको आवाजले ऊ झस्कियो । ओहो ! घाम पनि माथि आइसकेछ । ऊ उठ्यो र हतार–हतार मान्द्रोले बारेको भेँडाको गोठमा गयो । सबै भेँडालाई चर्नको लागि छाड्यो र फेरि त्यहीं ठूलो ढुङ्गामा आई ङिमाको अगाडि उभियो ।
ङिमा सधैँभैmँ हाँसिरहि । छितेनले ङिमाको अनुहारमा एकोहोरो हेरिरह्यो, मानौ धेरै वर्षपछि ङिमालाई देखेको छ उसले । भाउजूको प्रस्तावले ङिमालाई गुमाउनु पर्ला कि भन्ने चिन्ताले समात्यो, मन अमिलो भयो ।
छितेनको उदास अनुहारले ङिमाको मनमा शङ्काले डेरा जमायो । सधँै हाँस्ने, रमाइलो रमाइलो कुरा गरी हँसाउने छितेनलाई आज के भयो रु ङिमाको मनमा पनि नमीठो अनुभूति भयो ।
“ङिमा अब दुई दिनमा त यो खर्कको घाँस पनि सकिन्छ त्यसपछि फेरि ऊ।।।त्यो तलको खर्कमा गोठ बनाई झर्नुपर्ला, तल्लो खर्कमा झरे पनि भेँडा चराउन चंै तंै आइज है रु”– छितेनले ङिमाप्रतिको आशक्ति पोख्यो ।
“किन रुन्चे अनुहार लाएको रु खाना खाइनस् कि क्या हो रु”– हाँस्दै ङिमाले छितेनको कुरालाई अन्तै मोड्दै छितेनको उदासी मेट्ने प्रयास गरि ।
“ङिमा मैले तँसँग बिहे नगरे पनि तँ अरू कसैसँग पनि बिहे नगर है रु” छितेनले निन्याउरो मुख लगाउँदै बोल्यो । छितेनको कुरा ङिमाको कानबाट सिधै मुटुमा पुगेर च्वास्स घोच्यो तर पनि ङिमाले तत्कालै आफूलाई सम्हाली ।
“किन नगर्ने बिहे रु म त झन् धेरै दाजुभाइ भएको घरमा विहे गर्छु अनि मस्ती हुन्छ, सबैको माया पाइन्छ, तेरो हिम्मत छैन भनेर म किन त्यसै बस्ने रु”–छितेनलाई हिक्याउँदै ठट्यौली पारामा ङिमाले जवाफ फर्काई ।
“छि !।।। तँ कस्ती केटी धेरै दाजुभाइ भए ठाउँमा बिहे गरेर सबैसँग सुत्ने रु” छितेन रिसले आगो भयो ।
“अनि के त, हाम्री आमा पनि त बाहरू पाँच भाइ भएकोले रोजी गएको त हो नि । पाँच भाइ भएपछि पाँचै भाइले पालैपालो कति माया गर्छन्, मीठो मीठो ल्याउँछन् । तेरो पछि लागेर कसरी जीवन काट्नु रु मसँग बिहे गरेपछि तँलाई घरकाले हेला गरी घरबाट निकालिहाल्छन् अनि तेरो कमाइ केही छैन, यही भेँडा पनि दिँदैनन्, तँसँग सुतेरमात्रै बाँच्न सकिन्छ र !”– ङिमाको कुराले छितेन झनै क्षतविक्षत भयो ।
ङिमाको कुराले उसलाई ङिमाप्रति एकदमै रिस उठ्यो र कताकता मनमा नरमाइलो पनि लाग्यो । त्यसो त ङिमा पनि छितेनलाई माया नगर्ने होइन तर गाउँमा चलिआएको परम्पराबिरुद्धमा उभिनको लागि छितेनको आँट र क्षमता पर्याप्त थिएन त्यसैले उनी बारम्वार छितेनलाई घोचपेच गरेरै बोल्थि । ङिमासँग जतिसुकै रिस उठे पनि छितेनको मनले ङिमालाई नै आफ्नो जीवनसाथी रोजिसकेको थियो । तर ङिमाको कुराले बेलाबेलामा ऊ सशङ्कित हुने गर्दथ्यो ।
“घाम ढल्किन लागिसकेकोले छितेनले जिमी र डुण्डुलाई सिठी बजाएर भेँडा धपाउने इशारा गर्‍यो । छितेनको इशारा पाउनासाथै ढुङ्गामा सुतिरहेको जिमी र डुण्डु भेँडाको हूलतिर दौडिए । जिमीले पूर्वतर्पm र डुण्डुले उत्तरतर्पmबाट भेँडाहरू धपाउँदै गोठतर्पm लखेट्न थाल्यो । सबै भेँडा गोठमा छिरेपछि फरिकोको ढोका लगाई छितेन चुपचाप गाउँतर्पm उकालो लाग्यो । उसको पछिपछि लागि ङिमा ।
किन किन बाटोमा छितेनलाई बोल्नै मन लागेन । ङिमाले पनि छितेनको गम्भीरता र मौनतालाई खलबल्याउन चाहिन । ङिमा स्वयं चाहन्थी कि छितेनले गम्भीर रूपमा सोचोस्, ऊ आफू सक्षम होओस् र गाउँबाट आफूलाई सानसँग उठाएर लैजाओस् । त्यसैले आज छितेनसँग दुःख बाँड्न पनि चाहिन उनले । गाउँको पुछारमा पुगेपछि ङिमा आफ्नो घरतर्पm लागि ।
घर पुग्दा साँझ परिसकेकोले छितेन घर पुगी खाना नखाने जानकारी भाउजूलाई दिई सरासर आफ्नो खोपीतिर पस्यो । उसलाई खान पनि मन लागेन । ङिमाले खर्कमा भनेको कुरा मनमा खेलिरह्यो । उसले ङिमा बिनाको जीवन सोच्नै सकेन । भाउजूलाई सम्झ्यो, भाउजूको भूमिकाप्रति श्रद्धा जाग्यो । के गर्ने, के नगर्ने सोच्न गाह्रो भयो ।
एकमनले सोच्यो –“मेरै भाउजू हो, ङिमालाई बिहे गरेपछि भाउजूका सामु पुङ२ बोकेर जान्छु र हात जोडेर क्षमा माग्छु, बिन्तीभाउ गर्छु, मेरी भाउजूले कसरी मलाई माफ नदेलिन् । म जसरी पनि भाउजूलाई पुङ खुवाउँछु । भाउजूले पुङ लिएपछि गाउँलेले केही बोल्ने कुरा भएन अनि मलाई के को चिन्ता रु पुख्र्यौली सम्पत्ति नपाए पनि गाउँमा बस्न पाए त केही न केही गरिखाउँला नि ।”
फेरि अर्को मनले सोच्यो–“होइन होइन, भाउजू कसरी मान्लिन्, पुङ लिएपछि उनैले स्वीकृति दिएको ठहर्छ अनि उनलाई फेरि गाउँलेले देवर सम्हाल्न नसकेकी भन्लान्, यही कारण दाजुभाइको बीचमा झगडा होला, अनि दोषजति भाउजूको टाउकोमा आउने छ । बिचरी भाउजू मेरै कारणले गाउँमा नाक लुकाएर हिँडेको कसरी हेर्नु, कतिको कुरा सुन्नु रु”– आफ्नो कारण गाउँलेको नजरमा आफ्नो परिवार दिनदिनै हेपिएको पनि हेर्न चाहेन उसले ।
ङिमाप्रतिको प्रेम र भाउजूप्रतिको आदरबीच अन्तद्र्वन्द्व चलिरह्यो उसको मनमा । परिवार र सारा गाउँ विरोधमा आए पनि उसले ङिमासँगको नातालाई भुल्न सकेन ।
“पुर्खादेखि चलिआएको रीति भन्दैमा यस्तो कुराको पछि कहिलेसम्म लागिरहने रु फेरि उमेर मिल्ने भए त ल ठीकै पनि थियो आमा भन्न सुहाउने आइमाईलाई कसरी श्रीमती भनेर अँगालो हाल्ने रु लौ त भनौ भने जेठो दाजुको छोरा नै आफूसरहको भइसक्यो।।।।।।।अहँ।।यो हुँदै हुँदैन,।।।बाबुबाजेले जे जे गर्‍यो त्यही गर्नुपर्छ भन्ने के छ रु यस्तो पशुको जस्तो जीवन बाँच्नुभन्दा त बरु कालीमा गएर हाम्फाल्नु बेस ।” उसले कुनै पनि हालतमा भाउजूसँग बस्ने कुरालाई पचाउन सकेन ।
पोहोर सालमात्र गाउँका मुखिया छिरिङले आफ्नै छोरा ग्याल्जेनलाई घरबाट निकालेको कुरो सम्झ्यो । “बिचरा।।।ग्याल्जेन आफ्नै बाबु र दाजुहरूको अवहेलना र विरोधका कारण गाउँमा बसी नसक्नु भई जोमसोम झर्‍यो । त्यसपछि भेट भा’को छैन, ज्यूँदै छ कि छैन ।” उसलाई फेरि सामाजिक डरले समात्यो । उसले ङिमासँग बिहे गरी गाउँमै बस्ने हिम्मत पनि जुटाउन सकेन । ऊ भित्रभित्रै कमजोर बन्यो ।
जसलाई बिहे गर्छु भनेको उसैले पनि साथ नदेला कि भन्ने भयले च्याप्प समात्यो । तर ङिमाले मुखले जे भनेपनि आफूलाई माया गर्छ भन्ने कुरामा चाहीँ ऊ विश्वस्त भयो । निकैबेर पीडाले छटपटियो उसको मन । बाहिरको हिउँको चिसोले पनि छुन सकेन । ऊ कुनै निर्णयमा पुग्नै सकेन । जीवनमा कहिल्यै यस्तो समस्या परेको थिएन उसलाई । एक्लैले जीवनको बारेमा यति ठूलो निर्णय गर्नुपर्दा निकैबेर विचलित भयो ऊ । दूरदूरसम्म कुनै उपायहरू पनि देखेन उसले ।
“म किन यति कमजोर रु म किन यति लाचार रु कहाँ गयो मेरो हिम्मत, मेरो पुरुषत्व रु ”उसले आफूलाई बलियो बनाउने कोसिस गर्‍यो ।
“गाउँका अरू पनि त गएका छन् भागेर, उनीहरूले पनि त एकछाक खाएकै होलान्, एकहर छोपेकै होलान्, म मात्रै यही गाउँमा बस्नु पर्छ भन्ने के छ रु आफ्नै मन मारेर गाउँमा बस्नुको के अर्थ रु मैलेमात्रै यो गाउँको माया गरेर के गर्नु रु गाउँले मलाई के दियो रु न कुनै सीप, न कुनै ज्ञान, न कुनै सुरक्षा ।”
ऊ जुरुक्क उठ्यो र सरासर ङिमाको घरतर्पm लाग्यो । “के ङिमाले मलाई साथ देली रु” ऊभित्र गम्भीर प्रश्न खडा भयो ।
“मानिनँ भने उठाएर पनि लान्छु रातैमा”–ऊ दृढ बन्यो ।
गाउँ सुनसान छ । जूनको उज्यालोले गाउँका घरहरू छरपष्ट देखिएका छन् । आज उसलाई गाउँको सुन्दरताले छुन सकेको छैन । उसलाई गाउँको यो सुन्दरता एकदमै नीरस लागेको छ । निर्जीव लागेको छ ।
ङिमाको घर नजिक पुगेर टक्क अडियो ऊ । उसलाई थाहा छ ङिमाको सुत्ने ठाउँ । त्यसैले बिस्तारै पछाडिबाट ङिमा सुत्ने खोपीको भित्तामा ढकढक्यायो । धेरैपटक ढक्ढक्याएपछि मात्र ङिमा उठेको लख काट्यो उसले । केहीबेर चुप बस्यो ।
एकैछिनमा ङिमाले ढोका खोलि । अगाडि छितेनलाई देखेर एकैछिन त ऊ आश्चर्य चकित भइ ।
“ङिमा, हिँड् जाऊँ !” ङिमाले केही बोल्नै नपाई छितेनले एक्कासी प्रस्ताव राख्यो । ङिमा भित्रभित्रै खुसी पनि भइ र छितेनको निर्णय क्षमता देखेर उनले गर्वको अनुभूति गरि ।
“कहाँ जाने रु” प्रतिप्रश्न तेस्र्याइन् ङिमाले ।
“ङिमा तँलाई मेरो विश्वास छ भने अहिल्यै हिँड् मसँग । जहाँ पुगौँला पुगाँैला, भारी बोकी खाउँला, भाँडा माझी खाउँला, केही भएन भने म आधी पेट खाएर पनि तँलाई भोको नराखुँला, तेरो साथ भए मलाई दुःखको कुनै चिन्ता छैन, आफैसँग हेपिएर म गाउँमा बस्दिन अब ।”– छितेनले एकै सासमा मनको बाँध खोल्यो ।
ङिमालाई छितेनप्रति असाध्यै दया लागेर आयो । ऊ केही बोल्नै सकिन र छितेनलाई ग्वाम्म अँगालो हाली रुन थालिन् । छितेनले पनि ङिमाको रुवाइलाई साथ दियो । केही बेरको रुवाइपछि दुवैजना हात समाई गाउँबाट ओरालो लागे । तल खर्कमा पुगेपछि दुबैजनाले जूनको उज्यालोमा हिउँले सेताम्मे देखिएको आफ्नो छुनुप गाउँलाई अघाउञ्जेल हेरे । पारिपट्टिको खर्कतिर आँखा डुलाए । बच्चादेखिकै भेँडा चराउँदा बिताएका क्षणको स्मृतिले दुवैको मन बोझिलो भयो । छातीमा केही अड्किएजस्तो महसुस भयो । ङिमाको आँसु देखेर छितेनको अन्तरमनमा खपिनसक्नु पीडा उर्लियो । उसले पनि आँसुले पीडा पखाल्ने कोसिस गर्‍यो ।
अब गाउँप्रतिको मोहले अगाडिको बाटोमा बाधा पुग्नु हुँदैन, उसले मन दह्रो पार्‍यो । आँसु पुछ्यो र ङिमाको आँसु पुछिदियो । उसले आफूलाई झन्झन् कठोर बनाउने प्रयास गर्‍यो ।
“ङिमा यी सबै कुरा बिर्सी । अब, हाम्रो जीवन अगाडि छ ।”– ऊ ङिमाको हात च्याप्प समातेर ओरालो झर्‍यो ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :