नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


ज्याक हर्षम्यान
(अमेरिका)

खुशी (कविता)

आत्माको एउटा खुशी, एउटा आनन्द
प्रत्येक मानिसभित्र जिउँदै पुरिएको
र विर्सिइएको छ ।

यो कुनै भट्टीपसलको मजाक
वा कोमल र घनिष्ठ हास्य
वा मैत्रिय सद्भाव
वा गहिरो र प्रष्ट श्लेशालंकार होइन ।

उनीहरु उत्तरजीवीहरु हुन्
जिउँदैै पुरिएर
खुशीले चियाउन छाडेपछि जे जे भयो
त्यो समयका ।

उनीहरुले वर्तमानको आँखाले हेरेनन्
र हामीमध्ये कोही मर्दा पनि
त्यसलाई प्रदर्शित गरेनन्
सबैथोक छाडेर हामीहरु निस्कियौं, एक्लै

हामीमा जेजति छाडिएको थियो
त्यसबाट मानिस हुन खोज्यौं
मानवीय नभइकनै
त्यो खुशी बिनै ।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :