फोटो कविता:

मञ्जुल
म र मेरो छायाँ

यात्रामा
म हुन्छु र मेरो छायाँ हुन्छ
अरू त
आउँछन्, जान्छन्
मन पनि त्यस्तै हो
मन लागे मसँग हिँड्छ
मन नलागे मलाई नै छोडेर कहाँ हो कहाँ जन्छ
तर सधैँ प्रस्न उठ्छ
म भनेको
शरीर हो कि मन ?
मनको त
झन् छायाँ पनि हुँदैन