नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


श्रीओम रोदन

यात्रामा

हिँड्न त धेरैले हिँडे होलान्
यही बाटो भएर यात्रामा
धूलोमा देखिएका जुत्ताका छापहरु
यस्तै भनिरहेका थिए

ठूलो पहाडको
एकहाते बाटोमा
पदछापहरु बिग्रिएका थिए
म पनि आफ्नो पदछाप
बिगार्नकै लागि छोडिरहेको थिएं

अगाडि हिंड्ने साथी भन्नुहुन्थ्यो
नहेर्नु अन्त कतै
टेक्दै आउनु मेरै पाइताला
तलमाथि हेर्नु भयो भने
नदी ,पहाड ,चट्टान सबै
डरलाग्दा देखिने छन्
थाकेको यात्रालाई
अझ बढी तर्साउने छ
तर
कसैको पाइताला भएर मैले
कुन गाउंको यात्रा गर्नु ?
कुन घरको कथा बुझ्नु ?







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :