नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

चित्र र कविता:

तारा बलेको रात


चित्र: भिन्सेन्ट भान गग



मोमिला

मेरो कविताको रोमान्टिक मूर्च्छना
यो रात !
शब्दको किनारबाट भागेर, म—
तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छु
यतिखेर मलाई
भुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छ

शब्दसँग शब्दको टक्करमा
केवल शब्दकै आविष्कार
प्रकृतिको शालीन विद्रोह
यो रात
मलाई चित्रबस्तीमै मौन रहन देऊ

समयको भव्य सुस्केरा
यो रात
कतै पुगिनछ कि भनेर
म तिम्रो चित्रमा
मेरो चेतनाको विनिर्मित कालो पहाड उक्लिरहेछु

चित्रको षडङ्गमा
तिमी कहाँनेर छौ ।
पीडाहरूको आतसबाजी
यो रात !
म, तिम्रो पीडाको गन्धले
औधी पुलकित छु

दुई ताराबीचको दूरीमा
कति पीडाहरू अटाउन सक्छन् !
जीवनभन्दा पनि दिव्य मृत्यु
यो रात !
यही दूरी मीठो लागेको छ

तारा बलेको यो मलामी रात !
तिम्रो प्रेमको आकाश फैलिन
मलाई तिम्रै समयको वेश्या हुने रहर छ
तिमीजस्तै, म
मेरो समयको ‘आउटसाइडर’ हुँ
...................
तर सभ्यताको प्रेममय विश्राम
यो साइबर रात !
सम्झेरै आत्महत्याको कुरा गर्नेछैन
रात त आखिर
उज्यालोमा छाया परेको न हो !







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :